भारतमा विद्युतीय सवारीसाधन दर्ता निःशुल्क
नयाँ दिल्ली । भारतको यातायात तथा सडक मन्त्रालयले अब विद्युतीय सवारीसाधन दर्ता निःशुल्क हुने जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रालयले सूचना जारी गर्दै कुनै पनि विद्युतीय सवारीसाधन दर्ता तथा नवीकरण निःशुल्क हुने उल्लेख गरेको हो ।
केन्द्र सरकारले यसो भने पनि विभिन्न राज्यका आफ्नै नीति छन् । विद्युतीय सववारीसाधनको प्रयोग बढाउन महाराष्ट्र सरकारले नयाँ नीति जारी गरेको छ । यसअघि नै दिल्ली र गुजरातजस्ता राज्यले पनि यस्ता नीति ल्याइसकेका छन् । उनीहरुले पनि विद्युतीय सवारीसाधन प्रयोगलाई बढावा दिने गरी नीति ल्याएका छन् ।
सरकारले यस्तो नीति ल्याएपछि टाटा मोटर्सले विद्युतीय सवारीसाधनको कारोबारको लाागि बजारबाट फन्ड जुटाउने तयारी गरिरहेको उल्लेख गरिरहेको छ । त्यस्तै, भारतमा अहिले विद्युतीय सवारीसाधन किन्ने ग्राहकलाई पनि सुविधै सुविधा रहेको छ । सरकारले त्यस्ता ग्राहकलाई सहुलियत दिएको छ । यस्तो सुविधा अहिलेसम्म गुजरात, महाराष्ट्र, दिल्ली र तेलंगानामा दिइएको छ । सिधै विद्युतीय सवारीसाधन किन्ने ग्राहकले यस्तो सुविधा पाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया