डकैती गर्ने ६ जना पक्राउ
काठमाडौं, माघ १३
डकैती गरेको अभियोगमा उपत्यकाको विभिन्न स्थानबाट महानगरीय अपराध महाशाखाको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङ घर भई काठमाडौँ मित्रनगर बस्ने वेदबहादुर भन्ने ३८ वर्षीय भिमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ कटजुन घर भई काठमाडौँ काभ्रेस्थली बस्ने ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउँपालिका ५ गोलजुङ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका ९ डाँडागाउ बस्ने ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका ९ पुरानागाँउ घर भई काठमाडौँ महानगरपालिका १६ बाइपास बस्ने ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका २ खड्कु घर भएकाहरू काठमाडौँ काभ्रेस्थली बस्ने ३६ वर्षीय तेन्जिङबहादुर तामाङ, र काठमाडौँ गोंगवु बस्ने २८ वर्षीय सञ्जित वाइवा रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले नगद १८ लाख ७५ हजार पाँच सय रूपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाइकल एक थान, डाँका घटनामा प्रयोग भएको मोटरसाइकल तीन थान, सुनको औंठी एक थान र विभिन्न कम्पनीको मोबाइललगायतको सामान बरामद गरेको छ । उनीहरूमध्ये वेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ घर भई हाल काठमाडौँ बस्ने व्यक्तिलाई मेरो बाजेसँग बल्ने ढुङ्गा छ भन्दै विभिन्न प्रलोभन देखाई नगद ५० पचास लाख रूपैयाँ माग गरेका थिए । त्यसपछि उनीहरूले पीडितलाई खुकुरी र फलामको लठ्ठीसमेत देखाई धाकधम्की दिई आखाँमा खुर्सानीको धुलो छर्की पीडितको साथमा रहेको नगद ५० लाख जवरजस्ती लुटपाट गरेर फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया