दक्षिण कोरियाले गुगललाई १७ करोड ७० लाख डलर जरिवाना गर्ने
सोल । दक्षिण कोरियाको प्रतिस्पर्धासम्बन्धी वाचडगले गुगललाई १७ करोड ७० लाख अमेरिकी डलर जरिवाना गर्ने भएको छ । सामसङजस्ता स्मार्टफोन निर्मातालाई अन्य अपरेटिङ सिस्टम प्रयोग गर्न ब्लक गरेको भन्दै उक्त जरिवाना गर्न लागिएको हो ।
यससम्बन्धी जरिवाना अहिलेसम्मकै ठूलो भएको बताइएको छ । गुगलले भने जरिवानाविरुद्ध कानुन लडाइँ लड्ने बताएको छ । उसले आफ्नो सफ्टवेयर पेलिसीले हार्डवेयर साझेदार र उपभोक्तालाई फाइदा पुगेको दाबी गर्दै त्यसतर्फ दक्षिण कोरियाली सरकारी अधिकारीले ध्यान नदिएको बताएको छ । दक्षिण कोरियाले मंगलबार जरिवानाको घोषणा गरेको हो ।
त्यहाँको दूरसञ्चार ऐन संशोधन हुँदै गर्दा गुगलविरुद्ध जरिवानाको तयारी भएको हो । संशोधित ऐनले गुगल र एप्पलजस्ता कम्पनीलाई उनीहरुको इन एप पर्चेसिङ सिस्टम किन्नबाट रोक लगाउँछ । दक्षिण कोरियाको यस्तो अभ्यास हालसम्मकै पहिलो भएको बताइएको छ । दक्षिण कोरियाले विदेशी प्रविधिमाथि कडा निगरानी गर्दै आएको छ । पछिल्ला वर्षमा गुगल र एप्पल निशानामा पर्दै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया