काठमाडौं किंग्स इलाभेनको मुख्य प्रायोजक शिवम् सिमेन्ट
काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किंग्स इलाभेनमा आबद्ध हुनेछ ।
हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किंग्स ११ को तर्फबाट टेली होल्डिङ्स प्रालिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । शिवम्ले काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आबद्ध हुने जनाएको छ । टीयू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा छ टिमहरु सहभागी हुनेछन् ।
बहुचर्चित नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किंग्स इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आबद्ध छन् भने गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीसहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन् । अनुभवी ख्यातिप्राप्त खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किंग्स इलाभेनले यस बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा खेलमार्फत सबैको मन जित्ने विश्वास लिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया