दुई हजार बढी टन हिल्सा माछा भारत निर्यात गर्दै बंगलादेश
ढाका । बंगलादेशले ठूलो परिमाणमा हिल्सा माछा भारत निर्यात गर्ने भएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले ५२ कम्पनीलाई २ हजार ८० टन हिल्सा माछा यो वर्षको अक्टोवर १० सम्ममा निर्यात गर्न स्वीकृति दिएको हो ।
हिन्दूहरुको नवरात्रि (दशैँ) नजिकिँदै गर्दा भारतमा माछाको माग बढेको छ । भारत सरकारले पनि विविध खालका माछा आयात गर्न चाहिरहेको छ । वाणिज्य मन्त्रालयले ४० टन हिल्सा माछा निर्यात गर्न ५२ स्थानीय कम्पनीलाई छनोट गरेको जनाएको छ ।
बंगलादेशले हरेक वर्ष दशैँमा भारतमा हिल्सा माछा निर्यात गर्दै आएको छ । गत वर्ष बंगलादेशले उही परिमाणमा हिल्सा निर्यात गरेको थियो । भारतको पश्चिम बंगालमा हिल्साको माग उच्च रहेको बताइएको छ । हरेक वर्ष भारतले बंगलादेश सरकारलाई हिल्सा निर्यात गर्न आग्रह गर्ने गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया