काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट् प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा उनको साहित्यिक योगदानमाथि चर्चा गरिएको छ । भैरव पुरस्कार गुठीले आयोजना गरेकोे कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उनका रचनाहरू कालजयी भएको बताए ।
नेपाली साहित्यबाहेक पत्रकारिताको क्षेत्रमा पनि उनको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो । अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरे । कार्यक्रममा वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पारेका थिए । सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष (हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकलमा सर्मिपत) तथा अत्याधुनिक पुस्तकालयको वागमती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गरे । १९९३ साल असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केवल ४० वर्षको उमेरमा २०३३ असोज १९ गते देहत्याग गरेका थिए । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवनलगायतका कृतिहरू लोकप्रिय छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया