निर्यात व्यापार ११५ प्रतिशतले बढ्यो
सोयाबिन तेल , पाम तेलले बढायो व्यापार
काठमाडौँ ।मुलुकको निर्यात व्यापारमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिना (साउन/भदौ) मा निर्यात व्यापार ११५ प्रतिशतले वृद्धि भई ४४ अर्ब तीन करोड ९५ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ४४ करोड ३० लाखको निर्यात व्यापार भएको थियो । निर्यातजन्य प्रमुख वस्तुहरूमा सोयाबिन तेल, पाम तेल, पोलिष्टर तथा धागो, उनी गलैँचा, सूर्यमुखी तेल, तयारी पोशाक, फेल्टका उत्पादनलगायतका सामग्रीहरू रहेको भन्सार विभागले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको अवधिमा सोयाबिन तेल १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँ, पाम तेल दुई अर्ब ६२ करोड ३६ लाख रुपैयाँ, गलैँचा एक अर्ब ५० करोड ३६ लाख रुपैयाँ, सनफ्लावर एक अर्ब ४५ करोड ८९ लाख रुपैयाँ र पोलिष्टर तथा धागो एक अर्ब ३० करोड ३० लाख रुपैयाँको निर्यात भएको छ । यस्तै निर्यातसँग आयातव्यापारमा पनि वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको अवधिमा आयात ७६ प्रतिशत वृद्धि हुँदा तीन खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात एक खर्ब ७८ अर्ब ४६ करोड रुपैयाँको थियो ।
आयातजन्य प्रमुख वस्तुहरूमा भने भटमास, पेट्रोलियम पदार्थ, पाम तेलको कच्चा पदार्थ लगायतका सामग्री छन् । दुई महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । भटमास १५ अर्ब ६० करोड, डिजेल १३ अर्ब ९६ करोड, पेट्रोल आठ अर्ब ५५ करोड २५ लाख, खाना पकाउने ग्यास सात अर्ब ९९ करोड २३ लाख, पाम तेलको कच्चा पदार्थ छ अर्ब ४५ करोड, सूर्यमुखी तेलको कच्चा पदार्थ तीन अर्ब १७ करोड र ल्युब्रिकेन्ट एक अर्ब छ करोडको आयात गरिएको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको अवधिमा व्यापारघाटा बढ्नपुगेको छ । दुई महिनाको अवधिमा व्यापारघाटा ७१ प्रतिशतले बढ्न पुग्दा दुई खर्ब ७० अर्ब ४७ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ५८ अर्ब ४० करोड रहेको छ । दुई महिनाको अवधिमा कुल वैदेशिक व्यापार ८० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा तीन खर्ब ५८ अर्ब ५५ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ९९ अर्ब २८ करोड कुल वैदेशिक व्यपार रहेको थियो । निर्यातमा वृद्धि भए पनि आयात समेत वृद्धि हुँँदा मुलुकको व्यापार भने समग्रमा घाटामा रहेको छ । त्यसैले गर्दा सरकारले उत्पादन तथा निर्यातमा अझै जोड दिनु आवश्यक रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया