चीनको आर्थिक वृद्धिदर घट्ने गोल्डम्यान स्याकको प्रक्षेपण
बेइजिङ । ऊर्जा आपूर्तिमा समस्या अर्थात् पावर आउटेजका कारण चीनको आर्थिक वृद्धिदरमा असर पुग्ने अनुमान प्रक्षेपण गरिएको छ । चर्चित बैंक गोल्डम्यान स्याकले ऊर्जा अभावका कारण देशकै आर्थिक वृद्धिदर अघिल्लो अनुमानभन्दा कम हुने जनाएको छ ।
बैंकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिदर यो वर्ष ८.२ प्रतिशत हुने अनुमान गरेकामा त्यसलाई ७.८ प्रतिशतमा झारिएको हो । बैंकका अनुसार पावर आउटेजले औद्योगिक नतिजामा मुख्य असर गरेको छ । यसले चीनको ४४ प्रतिशत औद्योगिक गतिविधि प्रभावित भएको अनुमान बैंकले गरेको बीबीसीले जनाएको छ ।
वातावरणीय नियन्त्रण, कसिलो आपूर्ति र मूल्यवृद्धिका कारण पावर सप्लाई प्रभावित हुँदा केही कारखाना र घरहरु विद्युत्विहीन बनेका छन् । बितेकाा हप्तामा खासगरी उत्पादकहरुलाई ऊर्जा अभावले दख्खल पु-याएको बताइएको छ । उत्तरी चीनको टियान्जिनमा बिजुली अभाव भएको छ । यो हप्ताको अन्त्यसम्म पनि यसको असर देखिनेछ । चीन बिजुलीका लागि कोइलामा धेरै निर्भर रहेको छ । जापानको फाइनान्स कम्पनी नोमुरा, वालस्ट्रिट इन्भेष्टमेन्ट बैंक मोर्गान स्ट्यान्ले र चाइनाा इन्टरनेशनल क्यापिटल कर्पोरेसनले पनि आर्थिक वृद्धिदरको अनुमान घटाएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया