नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण
काठमाडौं । नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण भएको छ । नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरेको हो । कोषको २९औँ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्वपट्टि रहेको कोषको छ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले शिलन्यास गरेका थिए ।
लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताअनुसार कोषको करिब ९० करोड रूपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।
उक्त भवनको निर्माणपश्चात्को हस्तान्तरण कार्यक्रम कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमणकालीन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र दुरुस्त गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यवाद प्रदान गरे । उनले नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा राखे ।
भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालीन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल एवं विभागका तर्फबाट उपमहानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, मचाकाजी श्रेष्ठ एवं निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया