स्वर्गीय निर्माण व्यवसायी गौचनको चौथो स्मृति दिवस
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सहिद शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिबार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । वक्ताहरूले गौचनको मिलनसार व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधैँ महसुस हुने बताए । महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि ठूलो रिक्तता रहेको बताए । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगमा गौचनले ठूलो गुन लगाएको चर्चा गरे । महासंघका महासचिव रोशन दाहालले गौचनको जीवनी बारे संक्षिप्तमा प्रकाश पारेका थिए । सो अवसरमा गौचनको स्मृतिमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गीय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंहसहित गौचनकी श्रीमती आशा गौचन, महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछाने, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ तथा अन्य पदाधिकारीहरू, सदस्यहरु र महासंघका कर्मचारीहरूले माल्यार्पण गरेका थिए । गौचनको स्मृतिमा प्रदेश महासंघहरू र जिल्ला निर्माण संघहरूले पनि श्रद्धाञ्जली सभा आयोजना गरेका छन् । गौचनको २०७४ साल असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उनको निवासनजिकै आपराधिक समूहबाट गोली हानी हत्या गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया