काठमाडौं ।एमालेबाट निस्किएर नेकपा एकीकृत समाजवादी गठन गरेर सरकारमा सहभागी भएका माधव नेपाललाई यति एयरलाइन्स घाटामा रहेकोमा किन चिन्ता लाग्यो भन्ने कुराको चुरो यती एयरलाइन्सलाई पनि अन्तर्राष्ट्रिय उडान अनुमति दिएपछि खुलेको छ ।
नेकपा समाजवादीका प्रेम आलेले सम्हालेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरणले बिहीबार यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) प्रदान गरेको हो । अनुमति पाएसँगै यतीले अब दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा ननसेड्युल र चार्टर्ड उडान सञ्चालन गर्न पाउने भएको छ । यसअघि नेपाल वायुसेवा निगम, बुद्ध एयर, हिमालय एयरलाइन्स र श्री एयरलाइन्सले एओसी पाएका छन् ।
तर एउटै लगानीकर्ताको दुईवटा एयरलाइन्सले नेपालमा एओसी पाएको चाहिँ यो नै पहिलो हो । यती र हिमालय एयरलाइन्सका सञ्चालक स्व. आङछिरिङ शेर्पा हुन् । उनको निधनपछि यी दुवै एयरलाइन्स उनका दाइ सोनाम छिरिङ शेर्पाले सम्हाल्दै आएका छन् । उनी नेकपा एमालेका संगठित सदस्य पनि हुन् । एमालेको संगठित सदस्य भए पनि सोनाम शेर्पाले आफ्नो स्वार्थको लागि एमालेबाट फुटेर समाजवादी पाटी गठन गरेका नेपाललाई समेत प्रभावमा पार्न सफल भएका छन् जसले गर्दा यती एयरलाइन्सको व्यापार घाटामा नेपालले चिन्ता लिने गरेका छन् ।
यसअघि नेकपा अध्यक्ष केपी ओलीले नेकपाको सरकार सञ्चालन गर्दा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई पाखा पारेर हिमालय एयरलाइन्सलाई प्राथमिकता दिएका थिए तर ओली सरकारको पतन र एमाले विभाजनपछि माधव नेपालले यति एयरलाइन्सको घाटाप्रति किन चिन्ता जाहेर गरेका रहेछन् भन्नेचाहिँ उनकै कोटामा परेको पर्यटन मन्त्रालयले यतीलाई अन्तर्राष्ट्रिय उडानको एओसी दिएपछि खुलेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया