अमेरिका । सामाजिक सञ्जाल फेसबुकले तेस्रो त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा बढी नाफा आर्जन गरेको छ । पछिल्लो समय बाहिर सार्वजनिक भएका यसका कागजातका बीच कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सकेको हो ।
सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा कम्पनीले नौ अर्ब अमेरिकी डलर नाफा कमाएको हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७.८ अर्ब अमेरिकी डलर कमाएको थियो । पछिल्लो समय एप्पलको आईओएस १४ अपरेटिङ सिस्टममा अपडेट गरेसँगै फेसबुकमाथि दबाब परेको छ । एप्पलको उक्त कदमले ब्रान्डहरुलाई फेसबुकबाट लक्षित प्रयोगकर्तामाझ विज्ञापन गर्न कठिन हुनेछ । भर्खरैमात्र फेसबुककै पूर्वकर्मचारीले अनैतिक व्यवहार गर्ने गरेको खुलासा गरेकी थिइन् ।
फ्रान्सेस हजिनले फेसबुकको आन्तरिक कागजात समेत सार्वजनिक गरिदिएकी थिइन् । फेसबुकले प्रयोगकर्ताको सुरक्षालाई भन्दा नाफालाई जोड दिने गरेको उनको आरोप थियो । धेरै मिडियाहरुले उक्त कागजातबाट फेसबुकले अमेरिकाबााहिर घृणायुक्त भनाइ र सेक्स ट्राफिकिङलाई प्रवद्र्धन गरेको रिपोर्ट सार्वजनिक गरेका थिए ।
३० सेप्टेम्बरमा सकिएको १२ महिनामा कम्पनीले मासिक प्रयोगकर्ताको दर छ प्रतिशतले बढेर २.९१ अर्ब पुगेको बताएको छ । मुनाफा बढे पनि कम्पनीको कुल आम्दानीमा भने एप्पलको गोपनीयतासम्बन्धी नियमले असर गर्नसक्नेतर्फ फेसबुकको टाउको दुःखाइ भएको छ । फेसबुकले यसले डिजिटल व्यवसाय सबैमा असर पर्नसक्ने दाबी गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया