रोल्स रोयसले खोल्यो लघु आणविक भट्टी, कार्बन उत्सर्जन घटाउन सघाउ पुग्ने
लन्डन । बेलायती विमान इन्जिन निर्माता रोल्स रोयसले सानो कम लागतको आणविक भट्टी सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीले मंगलबार निजी र सार्वजनिक लगानीमा आधारित आणविक भट्टी बनाउन लागेको जनाएको हो । यसले बेलायतको कार्बन उत्सर्जन घटाउन सघाउ पु¥याउने एएफपीले जनाएको छ ।
रोल्स रोयसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले एउटा नयाँ सानो मोडुलर रियाक्टर (एसएमआर) विभाग बनाएको छ । यसमा ४० करोड ५० लाख पाउन्ड लगानी गरिएको छ ।’ एसएमआर रियाक्टरहरु बनाउन ठूला आणविक भट्टीको तुलनामा सस्तो पर्न आउँछ । यसको धेरै भाग बनाउन र एसेम्बल गर्न एउटै कारखानामा सकिन्छ ।
यो सरकारको शून्य उत्सर्जनको रणनीतिलाई पूरा गर्ने अर्को कदम भएको कम्पनीले जनाएको छ । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गरिरहेको बेलायतले सन् २०५० सम्ममा शून्य उत्सर्जनको लक्ष्य प्राप्ति गर्ने जनाएको छ । यसका लागि आणविक सहायता लिइने बेलायतले जनाएको छ ।
लन्डनमा सूचीकृत इन्जिनियरिङ कम्पनीले नयाँ व्यवसायले ४० हजारसम्मको रोजगारी सन् २०५० सम्ममा सिर्जना गर्ने आशा गरेको छ । यसमा रोल्स रोयस, बीएनएफ रिसोर्सेस र एक्सेलनले १९ करोड ५० लाख पाउन्ड स्टर्लिङ आगामी तीन वर्षभित्र गर्नेछन् । त्यसमा सरकारले २१ करोड पाउन्ड अनुदान थप्ने कम्पनीले उल्लेख गरेको छ ।
विश्वमा देखिएको जलवायु परिवर्तनको समस्यालाई टार्नका लागि यसले नवप्रवर्तनात्मक सहयोग गर्ने रोल्स रोयसका कार्यकारी प्रमुख वारेन एस्टले बताए । रोल्स रोयसको एसएमआर प्रविधिसँगै आफूहरुले नवीकरणीय ऊर्जाको समाधान विकास गरेको कम्पनीले उल्लेख गरेको छ ।
बेलायतको व्यवसाय र ऊर्जा सचिव क्वासी क्वार्टेङले यसलाई कम कार्बन ऊर्जा विकास गरी प्रयोग गर्ने जीवनकै अपूर्व अवसर रहेको बताए । यसले स्वच्छ ऊर्जाको विकास गर्नेछ । जसबाट परम्परागत इन्धनको प्रयोग घट्ने अपेक्षा गरिएको छ । बेलायतमा गएको शताब्दीमै बनेका आणविक भट्टीहरु कि बन्द भएका छन् कि बन्द हुने अवस्थामा छन् । तर उसले आणविक शक्तिबाट जेनरेट हुनेमध्ये २० प्रतिशत विद्युत् कार्बन उत्सर्जन कम गर्नमा प्रयोग गर्ने चाहना राखेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया