भण्डारीले समय् फल्चाको पक्षमा बोल्ने ललितपुरबासीलाई नै मुद्दा हाले
काठमाडौं । ऐतिहासिक सम्पदा समय् फल्चा हडपेर भौतिक संरचना निर्माण गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरबासीविरुद्ध मुद्दा हालेको छ । फल्चासँग सम्बन्धित खबर सेयर तथा प्रचारप्रसार गरेको भन्दै अधिकारकर्मी तथा सम्पदाप्रेमी ललितपुरबासीविरुद्ध नै सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुद्दा हालेका हुन् ।
सहकारीले ललितपुरका स्थानीय समाजसेवी तथा समय् फल्चा निर्माणमा सक्रिय पृथविन्दु महर्जन र केशव पुरीविरुद्ध जिल्ला अदालत ललितपुरमा लिखित गाली बेइज्जती गरेको कसुरमा मुद्दा दायर गरेको हो । समय् फल्चा हडप्ने र निर्माणमा अवरोध गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले महर्जन र पुरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
महर्जनले समय् फल्चा निर्माणको लागि सामाजिक सञ्जालमा अभियान थालेकी थिइन् । उनले आर्थिक दैनिक लगायत अन्य सञ्चारमाध्यममा आएका फल्चा निर्माण सम्बन्धित खबरहरु सेयर गर्ने गरेकी थिइन् । समय् फल्चा निर्माणमा सक्रियता देखाएका थिए ।
२०६ वर्षभन्दा पुरानो ऐतिहासिक समय् फल्चाको भग्नावशेषमाथि श्री लालीगुराँस सहकारीले स्वीकृत नक्सा र सम्पदा मापदण्डविपरीत भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले फल्चा निर्माणको लागि बजेट विनियोजन गरेपछि सहकारी र महानगरपालिकाबीच विवाद भएको थियो ।
सहकारीले फल्चा निर्माण रोक्न जिल्ला अदालत ललितपुर, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा (झूठो) विवरणसहित मुद्दा दायर गरेको थियो । तिनै तहको अदालतमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको झूट पराजित भएपछि पनि उनले गृह मन्त्रालयलाई शक्तिको दुरुपयोग गरेर फल्चा निर्माण रोक्न दोहोरो पत्र समेत लेखाएका थिए । हाल तिनै तहका अदालतको आदेश तथा फैसलाबाट ऐतिहासिक समय फल्चा निर्माणकार्य सम्पन्न हुने तयारीमा छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया