रोटरी क्लबद्वारा आजाद आधारभूत विद्यालयलाई सहयोग
काठमाडौं । रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले श्री आजाद आधारभूत विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । ‘रोटरी भूकम्प राहत कार्यक्रम ईआरआरआरपी’ अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले सो विद्यालयको कक्षाकोठाहरुको निर्माण सम्पन्न गरेको हो । साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरु समेत उपलब्ध गराएको छ ।
दया फाउन्डेसनद्वारा सहयोग प्रदान गर्दै आइरहेको काठमाडौं लगनस्थित उक्त विद्यालय २०७२ सालको महाभूकम्पले भौतिक संरचनाहरुमा क्षति पु-याएको कारणले विद्यार्थीहरुलाई पठनपाठनमा कठिनाइ भइरहेको थियो । विद्यालय परिसरमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रमको बीच विद्यालय व्यवस्थापनलाई नवनिर्मित कक्षा कोठासँगै डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरुको हस्तान्तरण गरिएको हो । दया फाउन्डेसनका अध्यक्ष राजेश प्रधानले यस विद्यालयको गुणस्तरीय शिक्षाको लागि फाउन्डेसनले पु-याइरहेको सहयोगले करिब एक सय बालबालिका लाभान्वित हुने जानकारी दिए ।
उक्त आयोजनाको सुरुवात सन् २०१९ मै सुरु गरिएको भए पनि कोभिड महामारीका कारण सिर्जित लकडाउनका कारण निर्माणकार्य सम्पन्न गर्न ढिला हुनगएको रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर निभा माथेमा प्रधानले बताइन् । कार्यक्रमको प्रमुख अतिथि दया फाउन्डेसनका पूर्वअध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर निभा माथेमा प्रधान थिए भने विशिष्ट अतिथि दया फाउन्डेसनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया