दर्जन बढी चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा
वासिङटन । बाइडेन प्रशासनले चिनियाँ कम्पनीहरुमाथिको दबाब बढाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षामा दख्खल दिनसक्ने भन्दै एक दर्जन बढी कम्पनीलाई व्यापारिक कालोसूचीमा राखिएको हो ।
द यूएस कमर्स डिपार्टमेन्टले गत बुधबार यस्तो निर्णय लिएको हो । राखिएकामध्ये केही कम्पनीले चिनियाँ सेनाको आधुनिकीकरणलाई सहयोग गरेको आरोप डिपार्टमेन्टले जनाएको छ । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी उदाउँदा प्रविधिहरु चिनियाँ सेनालाई सहयोग गर्ने क्वान्टम कम्प्युटिङमा प्रयोग हुनबाट जोगाउने अंशस्वरुप यस्तो कदम चालिएको हो ।
वाणिज्य विभागका अनुसार चीनको डेटालाई कोडमा रुपान्तरण गर्न या रुपान्तरित कोडलाई डेटामा ल्याउन सक्ने क्षमतातर्फ पनि यो कदम लक्षित रहेको बतााइएको छ । चीन र पाकिस्तानका धेरैलाई यो सूचीमा राखिएको बताइएको छ । पाकिस्तानको आणविक गतिविधि वा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा योगदानका लागि उनीहरुलाई कालोसूचीमा राखिएको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकै कार्यकालमा चीन र अमेरिकाबीच खटपट सुरु भएको थियो ।
बाइडेन राष्ट्रपति बनेपछि पनि यसले निरन्तरता पाएको छ । भर्खरै चीन र अमेरिकाका राष्ट्रपतिले भर्चुअल सम्मेलन गरेका थिए । त्यसमा जलवायु परिवर्तन, कच्चा तेलको सञ्चितिलगायतमा सहकार्य गर्ने सहमति भएको थियो ।
यद्यपि बाइडेन प्रशासनले चीनविरुद्ध धेरै दबाब राख्न नसकेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । गत अप्रिलमा बाइडेन प्रशासनले सात चिनियाँ व्यवसायलाई चिनियाँ सेनासँग सम्बन्ध रहेको भन्दै प्रतिबन्धित गरेको थियो । चीनले भने अमेरिकी निर्णयको आलोचना गरेको छ । गत बिहीबार नै चिनियाँ विदेश मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिक्रिया दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया