काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका वडा नं. १ स्थित दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँ र महानगरीय प्रहरी परिसर, काठमाडौँको संयुक्तरुपमा विशेष प्रहरी टोली परिचालन गरी यही मंसिर १७ गते अन्दाजी १७ः३० बजेको समयमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा गई चेकजाँच गर्दा स्रोत नखुलेको रकम ६९ लाख ५० हजार फेला परेको हुँदा बरामदी मुचुल्का समेत गरी सोधपुछ गर्दा स्रोत खुलाउन नसकेकोले म्यानेजर हिरोसी खनालसहित ६९ लाख ५० मात्र नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याई अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ ।
पक्राउ परेका खनालका साथबाट नेपाली रुपैयाँ एक हजार दरका एक सयवटा भएको ४९ बण्डलको जम्मा ४९ लाख र नेपाली पाँच सय दरको एक सय वटा भएको ४१ बण्डलको जम्मा २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमन लेखिएको नीलो रंगको हातेझोला एक थान बरामद भएको परिसरले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया