चरीकोटमा निर्माणाधीन बहुउद्देश्यीय भवनको काम तीव्र
सुबास बस्नेत
दोलखा, माघ २२
भीमेश्वर नगरपालिका चरीकोट बजारको सातदोबाटो चोकमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय भवन निर्माणको काम तीव्ररूपमा भइरहेको छ । भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी श्यामसुन्दर निर्माण सेवाले ६ महिनाको अवधिमा करिब ४८ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।
सार्वजनिक शौचालयसहित निर्माण हुन लागेको ५ तलाको व्यावसायिक भवन निर्माणको जिम्मा असारमा भीमेश्वर नगरपालिकाले श्यामसुन्दर निर्माण सेवालाई दिएको हो । भवन निर्माणको लागि नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत सरल ऋण रहेको छ । साथै नेपाल सरकारको ७ प्रतिशत अनुदान तथा भीमेश्वर नगरपालिकाको २ दशमलव ५ प्रतिशत अनुदानमा भवन निर्माण भइरहेको श्यामसुन्दर निर्माण सेवामा कार्यरत प्राविधिक सुवास दाहालले जानकारी दिए । भवन निर्माणका लागि तीनवटा निकायको १२ करोड ७६ लाख ३२ हजार सात सय रूपैयाँ लगानी रहेको छ ।
भवन निर्माण अवधि डेढ वर्ष रहेको छ । हालसम्म चार तलाको ढलान सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । बाँकी एक तलाको काम तीव्ररूपमा भइरहेको प्राविधिक दाहालले बताए । यस बहुउद्देश्यीय भवनमा दोलखा जिल्लाभित्रका र भीमेश्वर नगरपालिका आसपासका स्थानीय व्यवसायीहरूले कानुनीरूपमा नगरपालिकाको नियमअनुसार व्यवसाय गर्न पाउनेछन् । नगरपालिकाले अस्तव्यस्तरूपमा सडकपेटीमा कृषिलगायतका अन्य व्यापार गर्दै आएका व्यापारीहरूलाई व्यवस्थित बनाउने उद्देश्यले भवन निर्माण गर्न लागेको नगरप्रमुख भरत केसीले बताए । निर्माणाधीन अवस्था रहेको ५ तले भवनमा करिब सयभन्दा बढी व्यापारीले नियमित व्यवसाय गर्न पाउनेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया