विपन्न वर्गका जनतामा पनि कर्जाको सहज पहुँच
बैंक तथा फाइनान्स कम्पनीहरुको तीन खर्ब ३८ अर्ब बढी ऋण लगानी
काठमाडौं । विपन्न वर्गहरुमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले तीन खर्ब ३८ अर्ब ७७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा मात्र सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरुले आफ्नो देशव्यापीरुपमा फैलिएका छ हजार एक सय ३६ वटा शाखामार्फत सहजरुपमा विपन्न वर्गमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल निक्षेप तथा कुल कर्जा रकम भने क्रमशः ४८ खर्ब ४२ अर्ब ७० लाख र ४५ खर्ब ५५ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र भने चालू आवको पछिल्लो चार महिनामा सबै क्षेत्रमा फैलिएका आफ्ना चार हजार आठ सय ४३ वटा शाखामार्फत विपन्न वर्ग शीर्षकमा दुई खर्ब ७९ अर्ब ७३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कुल कर्जा रकम भने क्रमशः ४२ खर्ब ३५ अर्ब २२ करोड र ४० खर्ब ४० अर्ब २३ करोड ७० लाख रुपैयाँ रहेको देखिएको छ ।
चालू आवको पछिल्लो चार महिनामा विकास बैंकहरुले भने कुल चार खर्ब ७६ अर्ब १५ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब २८ अर्ब ३४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये विपन्न वर्गमा मात्र विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम ५२ अर्ब ९४ करोड ३० लाख रुपैयाँ छ । विकास बैंकहरुको कुल शाखा संख्या भने देशभर एक हजार ४९ वटा रहेको छ ।
यस अवधिमा फाइनान्स कम्पनीहरुले भने आफ्ना सबै क्षेत्रमा फैलिएका दुई सय ४४ वटा शाखामार्फत विपन्न वर्गमा छ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार उक्त अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ९२ अर्ब ८३ करोड १० लाख र ८१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया