नेपाल बंगलादेश बैंकद्वारा ह्विलचियर हस्तान्तरण
काठमाडौं, माघ २२
नेपाल बंगलादेश बैंकले ह्विलचियर वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, यही माघ २० गते सोमबार बालाजु औद्योगिक छेत्रस्थित रहेको इन्फिनिटी ल्याब्समा बनेको १० वटा ह्विलचियरहरू सीआईएल काठमाडौँद्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तान्तरण गरेको गरेको हो ।
बालाजु स्कुल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीका विद्यार्थीहरूद्वारा सीआईएल काठमाडौँको सहायतामा बनेका यी ह्विलचियरहरू पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता ह्विलचियरहरू नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरूप्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिन्छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सीआईएल काठमाडौँंका महासचिव गणेश केसीको उपस्थितिमा धादिङ, पोखरा, काठमाडौँं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरूलाई सो ह्विलचियरहरू प्रदान गरेका हुुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर हिड्नु सरह नै हो र यसले उहाँहरूको दैनिक जीवनको गतिशीलतामा सहज पु-याउने विश्वास दिलाए । साथै नेपालीभई नेपालमै बनेका सामानलाई प्राथमिकता दिँदा देशको आर्थिक वृद्धि र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया