सोलुखुम्बुमा डाउन ज्याकेटको व्यापार बढ्यो
सोलुखुम्बु । चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा डाउन ज्याकेटको माग अत्यधिक बढेकोे छ । शरद क्रतुबाट नै चिसो सुरु हुने यहाँ अन्य कपडासँगै डाउन ज्याकेट अर्थात् प्वाँखबाट बनेका ज्याकेटको माग अत्यधिक रहेको व्यवसायीहरूले बताएका छन् । अन्य सामन्य ज्याकेट तथा कपडाको तुलनामा डाउन ज्याकेटले बढी नै न्यानो प्रदान गर्ने हुँदा यसको माग उच्च भएको सल्लेरीका व्यवसायी सागर हिङमाङले बताए ।
उनले भने, ‘डाउन ज्याकेटलाई त अन्य लुगा कपडासँग तुलना नै गर्न मिल्दैन नि, यसमा न्यानो प्रदान गर्न सक्ने त्यस्तो गुण हुन्छ कि जुन गुण अरु कपडामा हुँदैन । त्यसैले पनि यहाँ यसको माग थेगी नसक्नु छ, मागअनुसारको सामान नै उपलब्ध गराउन सकेको छैन् ।’ चिसो बढेसँगै सर्वसाधरण नागरिकहरू चिन्तित भए पनि टेलरिङ व्यवसाय गर्नेहरूका लागि भने सुनौलो अवसर बनेको छ । जसका कारण आफुहरू डाउन ज्याकेट उत्पादनमा भ्याईनभ्याई रहेको सल्लेरीका अर्का व्यवसायी लोक बहादुर दर्जी बताउँछन् । जिल्ला सदरमुकाम सल्लेरी क्षेत्रमा लभगभ ४० वटा टेलर नियमित रूपमा सञ्चालमा छन् । जाडो समयमा यहाँका टेलर मात्रै नभएर अन्य फेन्सी पसलहरू समेत व्यस्त बनेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया