भीमदत्त नगरपालिकाद्वारा बाढीपीडितलाई प्याजका बेर्ना राहत !
कञ्चनपुर । भीमदत्त नगरपालिकाले पुस २९ गते सूचना जारी गर्दै बेमौसमी वर्षाबाट पीडित किसानलाई प्याजको बेर्ना बुझी लग्न आग्रह ग-यो । उक्त पत्रमा निःशुल्क प्याजका बेर्ना वितरण गरिने भन्दै महाकाली नदीको बाढीबाट पीडित भएकालाई बेर्ना लग्न आग्रह गरिएको थियो । त्यो सूचनाबारे थाहा पाएका किसान राहत पाउने आशमा प्याजका बेर्ना वितरण भइरहेको स्थानमा पुगे । त्यहाँ उनीहरूले अपेक्षा गरेअनुसारको राहत पाउन सकेनन् । चार ग्राम मात्रै प्याजको बेर्ना पाए ।
‘प्याजको चार सय ग्राम बेर्ना दियो, त्यसमा ३०/४० बोट मात्रै होलान्,’ भीमदत्त नगरपालिका– १३ का अमिर तिरुवाले भने, ‘महाकालीको बाढीले १०/१२ कट्ठामा लगाएको धानबाली नष्ट गरेको थियो, राहतको नाममा प्याजका बेर्ना मात्रै दियो ।’
नगरपालिकाले राहतको नाममा वितरण गरेको प्याजको बेर्नाबारे भीमदत्त नगरपालिका– १३ का अध्यक्ष लालबहादुर शाहीले पनि असन्तुष्टि जनाएका छन् ।
‘नगरपालिकाका कृषि प्राविधिकहरू प्याजका बेर्ना लिएर आएका थिए, उनीहरूलाई वडा कार्यालयबाट वितरण नगर्नुहोस् अन्तबाट वितरण गर्नुहोस् भनेका हौँ,’ अध्यक्ष शाहीले भने, ‘बाढीबाट किसानको धानबाली पूरै नष्ट भयो, किसानले तीन÷चार कट्ठामा प्याज लगाएका छन्, त्यो चार सय ग्रामले के हुन्छ र ?’
भीमदत्त नगरपालिका–१३ मा ९ सय किसान बाढीपीडित भएको उनी बताउँछन् । ‘महाकाली नदीको पानी गाउँ पस्दा नौ सय परिवारले लगाएको धानबाली नष्ट भएको थियो,’ उनले भने, ‘क्षतिको विवरण नगरपालिकालाई बुझाएको थियौँ, प्याजका बेर्ना वितरण गर्ने नाममा नगरपालिकाले किसानलाई बेबकुफ बनाउने योजना ग¥यो ।’ प्याजका बेर्ना झलारीस्थित केदार कृषि वन नर्सरी स्रोत केन्द्रले दुई लाखमा नगरपालिकालाई उपलब्ध गराएको थियो । दुई हजार पाँच सय २८ कृषकलाई बेर्ना वितरण गर्ने नगरपालिकाको कार्यक्रम छ । असोज अन्तिम साता आएको वर्षाले भीमदत्त नगरपालिकाका ९, १०, ११, १२ र १३ नम्बर वडामा क्षति गरेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया