सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्रमा यस वर्षको दोस्रो पटक भएको हिमपताले जनजीवन कष्टकर बनेको छ । करिब एक महिनाअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।
दोस्रो पटक गत बुधबारदेखि शनिबारसम्म खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा भारी हिमपात भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनले भने, ‘हिउँ परेर यहाँ त सेताम्मे छ, नाम्चे क्षेत्रमा मात्रै करिब छ इन्चजति हिउँ जमेको छ, हामी त आगो तापेर बसेका छौँ । चिसोले काम गर्न सकिने अवस्था नै छैन त ।’
हिमपातपछि तापक्रम घटेर नाम्चेमा माइनस ११ डिग्रीसम्म पुगेको खुम्बुङका स्थानीय छिमी शेर्पाले बताए । ‘हिमपातपछि बाहिर निस्किने बस्तुभाउलाई घाँसपात गर्नै सकेको छैन। चिसो त्यस्तै छ, पहिला परेको हिउँ नै डम्मै छ, त्यसैमाथि फेरि हिउँ प-यो गाह्रो छ नि यहाँ त’, उनले भने । खुम्बुका धेरैजसो स्थानीयवासी यसअघि नै चिसो छल्न अन्यत्र गइसकेका छन् । चिसोले पानी पाइपमा नै जम्दा पिउने पानीको समेत समस्या भएको छ । हिमपात र वर्षापछि जिल्लाको सदरमुकामसहित तल्लो भोगमा पनि अत्यधिक चिसोको महसुस गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया