स्टिल उद्योगहरुको चरम लापरबाही, माग घटेपछि गुणस्तरहीन उत्पादन
काठमाडौं, माघ २४
भूकम्पपछिको पुनर्निर्माणको काम सकिन लाग्दा देशभर रडको माग ह्वात्तै घटेको छ । माग घटेपछि नेपालका स्टिल उद्योगहरु आर्थिक समस्यामा परेका छन् । रडको मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा पनि तल आएपछि कार्टेलिङ गरेर उद्योगहरुले मूल्य बढाएका छन् । तर, मागमा उल्लेख्य सुधार नआएको कारण अहिलेको मूल्यवृद्धि पनि त्यति लामो समयसम्म टिक्ने देखिँदैन ।
बजारमा माग घटेर उत्पादित रडहरु फ्याक्ट्रीबाट बाहिर जान छाडेपछि उद्योगहरुले गुणस्तरमा चरम लापरबाही गर्दै उत्पादन गरेका छन् । रड उद्योगहरुले गुणस्तरहीन उत्पादन गरेको गुनासो सर्वसाधारणले गरे पनि आफ्नो घर बनाउँदा उनीहरुले सहज तरिकाले ल्याबमा परीक्षण गरेर रड खरिद गर्न पाउने व्यवस्था अझै पनि छैन ।
सडक, पुल, भवनहरु, जलविद्युत् आयोजना, सिँचाइ, खानेपानीलगायतका परियोजनामा भने रडको परीक्षण नगरी प्रयोग गर्न पाइँदैन । नेपाल गुणस्तर तथा नापतौल विभागले पनि समय समयमा गुणस्तर चिह्न लिएका उत्पादनहरुको नमूना परीक्षण गर्ने गरेको छ । उक्त परीक्षणको क्रममा पहिलो चरणमा तीनवटा स्टिल्स उद्योगले उत्पादनम चरम लापरबाही गरेको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार बाराको अशोक स्टिल इन्डष्ट्रिज प्रालि, रौतहटको गोदावरी स्टिल्स प्रालि र रुपन्देहीको गोयन्का स्टिल्स प्रालिले गुणस्तरीमा चरम लापरबाही गरी गुणस्तरहीन रड उत्पादन गरेको पुष्टि भएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार अशोक स्टिलको १२ एमएमको टीएमटी बार एफई५०० गुणस्तरहीन भएको पाइएको छ । अशोकको १२ एमएमको उक्त रडको बिक्रीमा रोक लगाउनुको साथै बजारमा पुगेका सबै रडहरु तुरुन्त फिर्ता गरेर स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको महानिर्देशक पुडासैनीले जानकारी दिए ।
उक्त १२ एमएमको रडमा गुणस्तरका कुनै पनि मापदण्ड पुगेको छैन । १२ एमएमको रडमा इलोङगेसन कम्तीमा १२ प्रतिशत हुनुपर्नेमा ११ दशमलव ६७ प्रतिशत मात्र छ । बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ हुनुपर्नेमा त्यो पनि पूरा भएको छैन । सोही कारण बजारबाट फिर्ता गर्नुपर्ने भएको हो । बजारमा गएको रड बिक्री हुँदा त्यसले थप क्षति पुग्ने भएकाले बजारबाटै फिर्ता गर्न निर्देशन दिइएको जनाइएको छ ।
यस्तै, गोयन्का स्टिल्स प्रालिको आठ एमएमको टीएमटी बार र २५ एमएमको एफई५०० रडको बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ हुनुपर्नेमा त्यो पनि पूरा भएको छैन । उक्त साइजको रड उत्पादन गर्न दिइएको इजाजत स्थगित गरिएको विभागले जनाएको छ ।
यसैगरी, गोदावरी स्टिल्स प्रालिले उत्पादन गर्दै आएको आठ एमएमको टीएमटी बार एफई५०० डी पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ । परीक्षणका क्रममा उक्त रडमा प्रुफ स्ट्रेन्थ/एइल्ड स्ट्रेन्थको मान पाँच सय एन/एमएम स्क्वायर हुनुपर्नेमा ४६१ एन/एमएम स्क्वायर मात्र छ । उक्त रडको बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ हुनुपर्नेमा त्यो पनि पूरा भएको छैन ।
सबै स्टिल्समा एउटै गुणस्तर कमी भएको कारण मिलेमतोमा कम गुणस्तरका उत्पादन गर्न थालेको हो कि भन्ने आशंका विभागले गरेको छ । विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम १५ को उपनियम ‘क’अनुसार कारबाही अगाडि बढाइएको जनाएको छ । विभागले अन्य स्टिल्स उद्योगहरुको उत्पादनको पनि परीक्षण जारी राखेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया