जाल्पा सामुदायिक लघुवित्तको पाँच करोड २२ लाख रुपैयाँको साधारण सेयरको बिक्री खुला
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पाँच करोड २२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाको यही माघ २१ गते अर्थात् आज शुक्रबारबाट बिक्री प्र्रबन्धक प्रभु क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख २२ हजार कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।
बिक्री खुला भएको कुुल साधारण सेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात् २६ हजार एक सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । यसबाहेक बाँकी रहेको चार लाख ८७ हजार नौ सय कित्ता सेयर भने सर्वसाधारण बिक्री गरिने संंस्थाले जनाएको छ ।
खरिद कर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच हजार दुई सय २० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी २५ करोड, जारी पुँजी १६ करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नै पुग्नेछ । सेयर बिक्रीकार्य छिटोमा यही माघ २५ गते र ढिलोमा फागुन छ गते बन्द हुने संस्थाले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया