दुई करोड लगानीमा ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा दरबारमार्गमा
काठमाडौं । अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’को २७औँ शाखा काठमाडौंको दरबारमार्गस्थित दरबारमलको पहिलो तल्लामा सुरु भएको छ । सलुनको नेपाल उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै)ले उद्घाटन गरेका छन् ।
नेपालको १०औँ शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर, पेडिकेयरलगायतको सेवा उपलब्ध भएको सञ्चालक सरु थापाले बताइन् । सलुनको नयाँ शाखा १४ सय वर्गफिट फराकिलो छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रविधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।
व्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुवेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संवेदनशीलतामा ख्याल गर्दै विश्वविख्यात सौन्दर्य प्रसाधनको प्रयोग गरिने सञ्चालकको दाबी छ । २२ वर्षअगाडि चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरुवात गरेकी हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया