बैंकिङ कसुरमा फरार प्रतिवादी बौद्धबाट पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका अनुसार दोलखाको साविक बुलुङ गाविस वडा १ परिवतर्तित बिगु गाउँपालिका घर भएका ३८ वर्षिय फरार प्रतिवादी मोहन बहादुर तामाङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो । महाशाखाका अनुसार तामाङ काठमाडौंको ठूलो भ-याङमा लुकिछिपी बस्दै आएका थिए ।
काठमाडौं जिल्ला अदालतको पत्रले प्रतिवादी सुमन कार्की समेत भएको लिखत सम्वन्धी कसुर मुद्दामा काठमाडौ जिल्ला अदालतबाट वि.सं. २०७८ पुस १२ गते पक्राउ पुर्जी जारी भई फरार रहेका तथा उच्च अदालत पाटन ललितपुरको वि.सं. २०७६ चैत ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी तामाङलाई काठमाडौंको बौद्धबाट मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया