रुसी विमान कम्पनीलाई युरोपेली राष्ट्रले लगाए एयरस्पेस प्रयोगमा बन्देज
ब्रसेल्स । युरोपका झण्ड दर्जन राष्ट्रहरुले आफ्नो एयरस्पेस अर्थात् हवाइ क्षेत्रमा रुसी विमान कम्पनीहरुलाई प्रतिबन्ध लगाएका छन् ।
पछिल्लोपटक फिनल्यान्ड र आयरल्यान्डले रुसी उडानलाई आफ्नो एयरस्पेस प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यसअघि नै बेलायत, स्लोभेनिया, चेक गणतन्त्र, पोल्यान्ड, लिथुआनिया, लात्भिया, इस्टोनिया, रोमानिया र बुल्गेरियाले यस्तैखाले प्रतिबन्ध लगाइसकेका छन् ।
रुसले छिमेकी देश युक्रेनमाथि युद्ध छेडेसँगै युरोपेली देशहरु आक्रोशित भएका छन् । रुसले युक्रेन युद्ध थालेको तीन दिन बितिसकेको छ भने दुई सय बढी युक्रेनी सर्वसाधारणको ज्यान गएको छ । रुसतर्फ पनि ठूलो क्षति भएको आकलन गरिएको छ । युक्रेनले ४३ सय बढी रुसी सेना मारेको दाबी गरेको छ । युद्ध सुरु भएसँगै देश छाड्ने युक्रेनीको संख्या साढे तीन लाख नाघिसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकासहित युरोपेली देशले रुसमाथि विभिन्नखाले प्रतिबन्ध लगाइसकेका छन् । त्यसमा विश्व भुक्तानी प्रणाली प्रयोगबाट केही रुसी बैंकहरुलाई वञ्चित गराइसकिएको छ । पछिल्लो समय युक्रेनले डटेर रुसी आक्रमणको सामना गरेसँगै युरोपेली देशहरुले धमाधम हतियारजन्य सैन्य सहयोग समेत युक्रेन पठाउन थालेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया