Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसमा टिकटक र नेटफ्लिक्सको सीमित सेवा

रुसमा टिकटक र नेटफ्लिक्सको सीमित सेवा


लन्डन । भिडियो सेयरिङ साइट टिकटक र स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले युक्रेन आक्रमणको विरोधमा रुसमा आफ्ना सेवा सीमित गरेका छन् । टिकटकले लाइभ स्ट्रिमिङ र नयाँ कन्टेन्ट सेवा दिन रोकेको जनाएको छ । उसले रुसको सशस्त्र बलबारेका झूठा समाचारबारेको नयाँ कानुनलाई मध्यनजर गरेको जनाएको छ । यता नेटफ्लिक्सले पनि आक्रमणको विरोधमा आफ्नो सेवा बन्द गरेको जनाएको छ ।

यसअघि नै भिसा, मास्टकार्ड र पीडब्ल्यूसीले रुसमा सेवा रोकिसकेका छन् । रुसमा टिकटकका तीन करोड ६० लाख प्रयोगकर्ता छन् भने उसले आफ्ना कर्मचारी र प्रयोगकर्ताको सुरक्षालाई ध्यान दिँदै यस्तो निर्णय लिएको जनाएको छ । गत शुक्रबारयता रुसमा नयाँ कानुन ल्याइएको छ जहाँ सेनाका बारे झूठा सामग्री दिए १५ वर्ष जेल सजायको व्यवस्था गरिएको छ ।

क्रेमलिनले युक्रेनमाथि गरिरहेको आक्रमणलाई युद्ध शब्द भन्न पनि रोक लगाएको छ । उसले युक्रेनमाथिको आक्रमणलाई विशेष सैन्य अपरेसन भन्दै आएको छ । रुसमा बीबीसीलगायतका समाचार संस्थाहरुले रिपोर्टिङ गर्न छोडिसकेका छन् ।

शृंखलाबद्ध रुपमा ट्विट गर्दै टिकटकले रुसको नयाँ कानुनसँगै सेवाव निलम्बन गर्न बाध्य भएको जनाएको छ । टिकटक चिनियाँ कम्पनी हो । यसका अर्ब बढी प्रयोगकर्ता रहेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया