‘गुणस्तरीय सडकको लागि सिमेन्ट प्रयोग गरौं’
काठमाडौं, फागुन १
नेपाल सिमेन्ट संघले गुणस्तरीय सडक निर्माणको लागि सिमेन्ट प्रयोग गर्नुपर्ने बताएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष धुव्र थापा सिमेन्ट प्रयोग गरी गुणस्तरीय सडक निर्माण गर्न सकिने बताए । ‘संघ, प्रदेश र स्थानीय तहले पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सडक राख्ने गरेको छ’, उनले भने, ‘सडक अति आवश्यक विषय भएको हुदाँ यसको निर्माण गर्दा सिमेन्ट प्रयोग गरी सिमेन्ट उद्योगलाई राहत दिनुपर्छ ।
सडक निर्माणको क्रममा सिमेन्ट प्रयोग गर्दा नेपाली मुद्रा विदेश जान पाँउदैन ।’ सिमेन्टी उद्योगीका कारण सिमेन्टमा मुलुक आत्मनिर्भर बनेको बताँउदै उनले भने, ‘सरकारी पक्षबाट सिमेन्ट उद्योगीलाई सहयोग आवश्यक परेको छ । पूर्वाधार निर्माणमा विदेशबाट ल्याउन पर्ने कच्चा पदार्थ भन्दा स्वेशमा भएका वस्तुहरु प्रयोग गुर्नपर्छ ।’ संघका अनुसार दक्षिण एसियामा गुणस्तरीय सिमेन्ट उत्पादन गर्न नेपाली उद्योगी सफल भएका छन् । सिमेन्टबाट निर्मित सडकमा दुर्घटना समेत कम हुनेछ । संघले सडक विभाग तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी अघि बढ्न चाहेको जनाएको छ ।
सडक निर्माणको क्रममा सडक विभागले आगामी दिनमा सिमेन्टको प्रयोग गर्नु भन्ने संघको चाहना रहेको छ । सडक कालोपत्र गर्नको लागि विदेशबाट कच्चापदार्थ ल्याउनु पर्ने तथा महँगो समेत पर्ने हुँदा सिमेन्टमा मुलुक आत्मनिर्भर बनिसकेको अवस्थामा सिमेन्टको प्रयोग गरी सडक निर्माण गरुन् भन्ने संघको भनाइ छ । संघका अधिकारीहरुले सिमेन्ट प्रयोग गरी लामो समय सडक प्रयोग गर्न सकिने दिगोपनको प्रपोज सरकार समक्ष अघि सारेको छ । संघका अधिकारीहरुले सरकारले सिमेन्ट प्रयोग गरी सडकको दिगोपन कायम गरी सेवा प्रदान गरोस् तथा उद्योगलाई समेत प्रवद्र्धन गरोस् भन्ने चाहना रहेको बताएका छन् । यस्तै संघले सरकारलाई सिमेन्ट निर्यातको लागि समेत सहज वातावरण मिलाई दिन आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया