टोक्यो । जापानी अटो निर्माता होन्डाको खुद नाफा ७.६ प्रतिशतले बढेको छ । मार्चसम्मको आर्थिक वर्षमा कम्पनीको मोटरसाइकल बिक्री बलियो र जापानी येन कमजोर हुँदा नाफा बढेको एएफपीले जनाएको छ । कम्पनीले यो वर्ष पनि नाफा बलियो रहने आशा गरेको छ । विश्वभर माइक्रोचिप अभावसँगै कोरोनाले खलबल्याएको आपूर्ति शृंखलाका बाबजुद आर्थिक अवस्था बलियो रहने कम्पनीको अनुमान छ ।
होन्डाको सन् २०२१/०२२ को वार्षिक खुद नाफा ७.६ प्रतिशतले बढेर सात खर्ब सात अर्ब येन अर्थात् साढे पाँच अर्ब अमेरिकी डलर रहेको छ । मार्च २०२३ सम्म कम्पनीले सात अर्ब १० अर्ब येन नाफा कमाउने कम्पनीको प्रक्षेपण छ । गत वर्ष कम्पनीको बिक्री साढे १० प्रतिशतले बढेको थियो । खासगरी मोटरसाइकल व्यवसायबाट बिक्री आम्दानी बढ्दा त्यसले धेरै योगदान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया