Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्राहक संख्यामा इ–सेवाको चामत्कारिक फड्को

ग्राहक संख्यामा इ–सेवाको चामत्कारिक फड्को


काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इ–सेवाले मोबाइल एप्स एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेका जानकारी दिएको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ । नेपालमा इ–सेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ । स्थापना भएको १३ वर्षमा इसेवाको मोबाइल एप्स एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इ–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

एण्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्सहरुमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इ–सेवाले आफ्ना सेवाहरु मोबाइल एप्समा अझै परिष्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ ।’

५० लाख मोबाइल एप्स डाउनलोड भएको अवसरमा इ–सेवाले बुधबारका लागि ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत इ–सेवा प्रयोगकर्ताले बुधबार हरेक घण्टा पाँच प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

यस अफरअन्तर्गत हरेक घण्टा विभिन्न सेवामा पाँच प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । अफरअन्तर्गत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनै पनि कम्पनीको मोबाइलमा टपअप, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आईएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म इ–लर्निङ्गको शुल्क भुक्तानीमा पाँच प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी १२ देखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअपमा पाँच प्रतिशत क्यासब्याक पाइनेछ । यसैगरी बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनै पनि ग्राहकले मोबाइल टपअप सेवामा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ । क्यासब्याकबारे थप विवरण ब्लग डट इ–सेवा डटकम डट एनपीमार्फत हेर्न सकिनेछ ।

इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टप अप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया