युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) समूह राष्ट्रिय आविष्कार केन्द्रमा
काठमाडौं । युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को समूहले त्रिभुनव विश्वविद्यालय परिन युकेका डाइरेक्टर हसरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गरेको छ । बुधबार युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिङ बिष्ट र ब्रिज एजुकेशन युकेका डाइरेक्टर हरि कार्की सहीतको समुहले राष्ट्रिय आविष्कार केन्द्रको औपचारिक भ्रमण गरेको हो। उक्त औपचारिक भ्रमणमा राष्ट्रिय आविष्कार केन्द्र र युक्ल्यान बीच हुँदै गरेको अनुसन्धान र विकासका बारेमा केन्द्रका कार्यकारी अध्यक्ष हरी न्यौपानेले जानकारी गराँउदै समूहलाई स्वागत गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को भ्रमणमा गएका थिए । उक्त भेटघाटमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा स्वागत गरेका थिए ।
केन्द्रका अध्यक्ष महाबिर पून अझै भ्रमणकै सिलसिलामा युरोपमा छन् ।
न्यौपानेले स्वागत मन्तव्यकै क्रममा आविष्कार केन्द्रको आवश्यकता र औचित्यमा युक्ल्यानले पुर्याएको योगदानको उच्च कदर गर्ने बताए । केन्द्रको औपचारिक भ्रमण पश्चात युक्ल्यानकी डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टनले पत्रकार सम्मेलन मार्फत युक्ल्यान र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यले नयाँ प्रविधिको विकास गरी नेपालको गरिबी निवारण गर्नुपर्ने र यसमा युक्ल्यान सधै साथ रहने समेत जानकारी गराइन् ।
युक्ल्यानका डाइरेक्टर दक्षिण एसिया गोविन्द सिङ बिष्टले पत्रकार सम्मेलन मार्फत राष्ट्रिय आविष्कार केन्द्रका विद्यार्थीहरुले गरेका नयाँ नयाँ प्रविधिको विकासको व्यवहारिक र व्यवसायिकताको प्रवद्र्धनमा युक्ल्यान सधै साथ रहने बताए ।
बिज् एजुकेशन युकेका डाइरेक्टर हरी कार्कीले आफु नेपाली भएर प्रवासमा रहिरहँदा समग्र नेपालको दिगो विकासमा सोचिरहेको र हरेक प्रवासीहरूले नेपालको दिगो विकासको लागि काम गर्न आवश्यक रहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया