काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान) गण्डकी प्रदेश समितिको छैठौँ प्रदेश अधिवेशन सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका परिषद् सदस्य तथा समितिका अध्यक्ष केश बहादुर केसीको अध्यक्षतामा शुक्रबार सिटी स्क्वायर ब्याङ्केट, पोखरामा अधिवेशन सम्पन्न भएको हो ।
अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले उद्घाटन गरेको उक्त सभामा समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । उक्त सभामा, समितिले हालसम्म समिति र लेखा व्यवसायको सर्वांगीण विकासका लागि खुल्ला हृदयले योगदान दिने सदस्यहरुलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरिएको थियो । सभामा उपस्थित अतिथिहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा जारी नेपाल लेखामानअनुसार लेखापरीक्षण गर्न सदस्यहरुलाई आवश्यक तालिम उपलब्ध गराउने र लेखापरीक्षक सदस्यहरुले कर्तव्यनिष्ठ भई लेखापरीक्षण कार्य गरी लेखा व्यवसायलाई एक सम्मानित पेशाको रुपमा लिनुपर्ने सुझाव दिएका थिए भने लेखापरीक्षकको हकहितका लागि समिति सधैँ प्रतिबद्ध रहने जनाएका थिए ।
अडानका केन्द्रीय महासचिव झलकमणि लम्सालको संयोजकत्वमा बनेको तीन सदस्यीय निर्वाचन समितिले पदमबन्धु पोखरेलको अध्यक्षतामा १८ सदस्यसहितको कार्यसमिति चयन गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया