Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने


काठमाडौं  । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पु-याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिनेगरी व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रालिको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पु-याउर्दै आइरहेको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपूर्ण केबुलकारबाट टिकट काट्दा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेतीबगरदेखि सारङकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आएको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, आठजटा एक्सटेन्सन काउन्टर, एक सय ६६ वटा शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x