पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न महिला आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आग्रह गरेको हो ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायले दोषीलाई कारबाहीको दायरामा समेत ल्याइसकेको छ, घटनाको अनुसन्धान तथा निष्पक्ष छानबिन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानुनबमोजिमको कारबाहीका लागि आयोग ध्यानाकर्षण गर्दछ ।’ आयोगले पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागि समेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।
यौन अपराध, बलात्कारजस्तो जघन्य हिंसाप्रति आयोगको धारणा शून्य सहनशीलता रहेको छ भने यस घटनाका सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण भएर नेपाल सरकारबाट छानबिन समिति गठन भइसकेको छ । आयोगले पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको र गठित समितिले सो सम्बन्धमा निष्पक्ष छानबिन गर्ने कार्यका लागि सबै पक्षको आवश्यक सहयोगका लागि आग्रह समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया