ईयूका विमान आयातमा कर वृद्धि गर्ने अमेरिकी निर्णयले व्यापार विवाद बढ्ने
फ्रान्स फागुन ५
युरोपेली यूनियन (ईयू)मा निर्माण हुने विमानहरूको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङटन र ईयूबीचको व्यापार विवाद अझ बढाउने एयरबसले शनिबार बताएको छ । ‘अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)को निर्णयले अमेरिका र ईयूबीचको व्यापार तनावलाई अझ बढाउनेछ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एयरलाइन्स कम्पनीहरूलाई थप संकटमा धकेल्नेछ’, युरोपेली विमान निर्माताले एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयप्रति चासो व्यक्त गरेको छ ।
यो निर्णयले अमेरिकी एयरलाइन्सले गरेका धेरै प्रस्तावलाई विमान कम्पनीले मान्न सम्भव नरहेको पनि कम्पनीले जनाएको छ । ‘फलतः अमेरिकी हवाई यात्रु र अमेरिकी कम्पनीले नै बढाइएको शुल्क तिर्नु पर्ने हुन्छ, अमेरिकी पछिल्लो निर्णयले यसै तथ्यलाई उजागर गर्छ’, कम्पनीले भनेको छ । यूएसटीआरले शुक्रबार एक सूचना जारी गर्दै आगामी मार्च १८ देखि लागू हुने गरी एअरबसका विमान अमेरिकामा आयात गर्दा लाग्ने करमा १० प्रतिशतबाट पाँच प्रतिशत थप कर बढाई १५ प्रतिशत बनाउने घोषणा गरेको जानकारी दिएको थियो ।
एयरबसले भनेको छ, ‘यो नयाँ अमेरिकी निर्णयले एयरबस र अमेरिकाबीच यस पहिले छलफलमा रहेका विषयको समाधानभन्दा समस्यालाई थप जटिलतातर्फ धकेल्नेछ । यो निर्णय पश्चातापपूर्ण रहनेछ ।’ यद्यपि कम्पनीले अमेरिकी निर्णयलाई वार्ताका माध्यमबाट निकास निकाल्न आफूले प्रयास जारी राख्ने बताएको छ । अमेरिका र इयूबीच विगत १५ वर्षदेखि विमानमा छुटका लागि बहस चलिरहेको छ । विश्व व्यापार संगठन (डब्लुटीओ) को आग्रहलाई मान्न अस्वीकार गरेको दुबै पक्षले एक आपसमा आरोप लगाउँदै आएका छन् जसका कारण उनीहरूले समस्याको समाधान निकाल्न सकेका छैनन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया