ट्विटरलाई अमेरिकामा १५ करोड डलर जरिवाना
अमेरिका । सामाजिक सञ्जाल ट्विटरलाई अमेरिकामा करोडौँ डलर जरिवाना गरिएको छ । प्रयोगकर्ताको डेटाहरु बिक्री गरेको भन्दै १५ करोड अमेरिकी डलर जरिवाना गरिएको बीबीसीले जनाएको छ ।
लक्षित वर्गमा विज्ञापन दिनको लागि कम्पनीले संकलित डेटाहरु अवैधानिक रुपमा बिक्री गरेको आरोप लागेको हो । संघीय व्यापार आयोग (एफटीसी) र न्याय मन्त्रालयले ट्विटरले नियामकहरुसँग गरेको सम्झौता उल्लंघन गरेको अदालतमा पेस भएको कागजातले देखाएका छन् ।
ट्विटरले प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु फोन नम्बर र इमेल विज्ञापनदातालाई नबाँड्ने बताउँदै आएको थियो । संघीय अनुसन्धाताहरुले कम्पनीले उक्त नियम उल्लंघन गरेको बताएका छन् । युरोपमा डेटा प्राइभेसी नियमहरु उल्लंघन गरेको भन्दै ट्विटरलाई यसअघि नै चार लाख पाउन्ड जरिवाना गरिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया