श्रम मन्त्रालयको पुनः एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान
काठमाडौं । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ईपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरूको लागि सञ्चालन हुने परियोजनाको लागि करिब ९६ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
कोइकाले उपलब्ध गराएको उक्त रकम सम्बद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनः एकीकरणसम्बन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरूको उद्यमशीलतासम्बन्धी क्षमता अभिवृद्धि र वित्तीय पहुँचमा खर्च हुने बताइएको छ । उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आबद्ध भई सञ्चालन हुनेछ ।
कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरू ईपीएसमार्फत गएका छन् । उनीहरू स्वदेश फर्किएपछि पुनः एकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले सहयोग उपलब्ध गराएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आठ मिलियन अमेरिकी डलर अर्थात् करिब ९६ करोड रुपैयाँ सहयोग प्रदान गरेकोमा कोइकालाई धन्यवाद दिए ।
मन्त्री श्रेष्ठ र कोइकाका नेपाल देशीय निर्देशक सुङहुनको बीच भएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान सञ्चालन गर्ने सरकारको योजना रहेको बताउँँदै कोरिया सरकारसँग सहकार्यको लागि इच्छुक रहेको उल्लेख गरे । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती, लुम्बिनमा पूर्वाधार निर्माण गर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया