एसआईयूकेले ‘दि लार्जेस्ट यूके एजुकेसन फेयर २०२२’ गर्दै
काठमाडौं । एसआईयूकेले आगमी शनिबार ’दि लार्जेस्ट यूके एजुकेसन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । एसआईयूके नेपालको आयोजनामा उक्त कार्यक्रम हुनलागेको आइतबार आफनो काठमाडौं, पुतलीसडकस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एसआईयूके नेपालले आफ्नो स्थापनाकालदेखि नै बेला–बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका सञ्चालक विनय अधिकारीले बताए । मेलामार्फत विद्यार्थी र अभिभावकले यूकेका ३० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्स, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआईयूके नेपालका कन्ट्री म्यानेजर अस्गर हुसेनले बताए ।
त्यस्तै, फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया सुरु गर्छ, उनीहरूलाई निःशुल्क आईईएलटीएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले बताए । वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिहरूसँग जानकारी लिई मौकाको फाइदा उठाउन एसआईयूके नेपालकी बान्च म्यानेजर सुस्मित शिवाकोटीको भनाइ छ ।
’हाम्रो आईईएलटीएस पीटीई निकै उत्कृष्ट छ, हामीले हाई टेक इन्भाइरोमेन्टमा पटक–पटक मुग टेक्स्ट गराई विद्यार्थीका प्रतिस्पर्धी बढाउँछौँ’, एसआईयूके नेपालकी आईईएलटीएस पीटीई, इन्स्ट्रक्टर रुबा इमानले भनिन् ।
‘फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरूलाई लक्षित गर्दै हामीले मार्केटिङ स्ट्र्याटेजी अपनाएका छौँ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पूर्ण विद्यार्थी र अभिभावकलाई होटल एभरेस्टमा हुन गइरहेको द लार्जेस्ट यूके एजुकेसन फेयरमा आउन आह्वान गर्छु’, मार्केटिङ म्यानेजर संगीता ओलीले भनिन् ।
फेयरमा तीन हजार ७५ जनाले एसआईयूकेको वेबसाइटमार्फत रजिस्ट्रेसन गरिसकेको बताउँदै हजारौँ विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकले बताएका छन् । डेढ दशक बेलायतमा बिताएका विनय अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरूलाई बेलायती शैक्षिक प्रणाली, अवसर र नेपाली समुदायको विकासबारे समेत जानकारी गराउनेछन् । विनय अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोबल गोरखा समाजको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपमहासचिव समेत हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया