Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक गण्डकी र सुदूरपश्चिम प्रदेशकोे ‘बजेट गोष्ठी’ सम्पन्न

नेपाल बैंक गण्डकी र सुदूरपश्चिम प्रदेशकोे ‘बजेट गोष्ठी’ सम्पन्न


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९–०८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदूरपश्चिम प्रदेशकोे प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

यही जेठ १९ गते देखि २१ गतेसम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदूरपश्चिम प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ४५ जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्तरूपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्टसम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायतका विषयहरूमा बृहत्रूपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरू तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्यक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै टिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मिहिनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रूपमा अगाडि आएको विचार व्यक्त गरेका थिए । सम्पूर्ण नेपालीहरूमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरूको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरू सदा ऊर्जाशील भई अगाडि बढिरहने विश्वास समेत उनले व्यक्त गरे । कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक, प्रतिभा डंगोल, गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठ, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी, सुदूूरपश्चिम प्रदेश प्रमुख विश्वराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।

नेपालभर दुई सय १७ वटा शाखाहरू, एक सय ७९ वटा एटीएम साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरूमा निक्षेपकर्ताहरूको आकर्षण बढिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया