एकै पटक नौ सय कर्मचारीलाई बर्खास्त गर्ने सीईओमाथि लगानीकर्तालाई ढाँटेको आरोप
अमेरिका । बेटर डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल गर्गमाथि लगानीकर्तालाई ढाँटेको आरोप लागेको छ । उनी तिनै सीईओ हुन् जसले जुम मिटिङमा एकै कलको भरमा नौ सय कर्मचारीको जागिर खाइदिएका थिए । त्योसँगै उनी मिडियामा चर्चामा आएका थिए ।
विशालविरुद्ध लगानीकर्तालाई ढाँटेको भन्दै पूर्वकार्यकारीले मुद्दा दायर गरेको सीएनएनले जनाएको छ । सफ्टब्यान्कले समेत समर्थन गरेको अनलाइन मोर्टगेज कम्पनीले एक वर्षअघि मात्रै कम्पनीलाई सार्वजनिकमा लैजान सात अर्ब ७० करोड डलरको मर्जरमा सहमति जनाएको थियो । तर उक्त सम्झौता टुंगिन अझै बाँकी छ । त्यसयता विशालको सार्वजनिक विवाद र बढ्दो मोर्टगेज दरले कम्पनीको छवि र व्यवसायमा दखल दिएको छ ।
कम्पनीको बिक्री र अपरेसन हेर्ने एक पूर्वकार्यकारी उपाध्यक्ष सारा पिअर्सले मुद्दामा विशालले बेटर डटकमको वक्तव्यलाई गलत प्रतिनिधित्व गरेर मर्जर अघि बढाएको दाबी गरेकी छिन् । विशालले कम्पनीको गहिरिँदो वित्तीय संकटलाई लिएर लगानीकर्ताले मर्जर छाड्ने डरले ढाँटेको दाबी गरेकी छिन् । उनले विशाल र बेटर डटकम दुवैविरुद्ध वित्तीय अवस्था र प्रस्तुतिबारे झूटो वक्तव्य लगानीकर्तालाई जारी गरेको आरोप लगाएकी छिन् ।
तर बेटर डटकमका कानुन व्यवसायीले भने उक्त आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । सफ्टब्यान्कले भने यसबारे कुनै प्रतिक्रिया नदिइसकेको सीएनएनले जनाएको छ । ती कर्मचारीले कम्पनीको यही विषयमा कुरा उठाउँदा आफूलाई भूमिकाविहीन पारिएको पनि खुलाएकी छिन् । उनले आफूलाई वित्तीय क्षतिपूर्ति दिन माग गरेकी छिन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया