हङकङ /लण्डन । विश्व सेयरबजार सोमबार ओरालो लागेको छ । सुरुवाती सेयर कारोबारमा विश्वका सेयर सूचकहरु ओरालो लागेका एजेन्सीहरुले जनाएका छन् । द डो शुक्रबार ८८० अंकले घटेको थियो । त्यस्तै एसएन्डपी ५०० (एसपीएक्स) २.७ प्रतिशतले र नास्डाक (एनडीएक्स) तीन प्रतिशतले घटेको थियो । अमेरिकी उपभोक्ता मूल्य सूचकांक मे महिनामा ८.६ प्रतिशतले ओरालो लाग्दा अमेरिकी केन्द्रीय बैंकले आक्रामक नीति अख्तियार गर्ने डर थियो ।
सोमबार एसियामा उक्त तरंग छाएको छ । जापानको निक्की झण्डै तीन प्रतिशतले घट्दा जापानी मुद्रा येन २० वर्षयताकै कम विन्दुमा देखिएको थियो । सोमबार हङकङको हाङसेङ सूचक ३.४ प्रतिशतले घटेको छ भने कोरियाको कोस्पी पनि साढे तीन प्रतिशतले गिरावट आएको छ । त्यस्तै चीनको सांघाई कम्पोजित शून्य दशमलव नौ प्रतिशतले गिरावट आएको छ ।
युरोपमा फ्रान्सको सीएसी ४० २.४७ प्रतिशतले सुरुवाती कारोबारमा घटेको थियो भने जर्मनीको डीएएक्स ३० पनि २.३ प्रतिशतले घटेको थियो । यता एफटीएसई १०० १.८ प्रतिशतले घटेको छ । योसँगै बेलायती मुद्रा पाउन्ड स्टर्लिङ १.२२ डलरमा घटेको नयाँ तथ्यांकले देखाएको छ । अमेरिकामा डो फ्युचर्स १.९ प्रतिशतले घट्दा नास्डाक फ्युचर २.९ प्रतिशतले घटेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया