धनाढ्य जेफले जलवायु परिवर्तन रोक्न १० अर्बको कोष खडा गर्ने
अमेरिका, फागुन ७
जलवायु परिवर्तनसँग लड्न अनलाइन खुद्रा बिक्रेता अमेजनका संस्थापक जेफ बेजोसले १० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने घोषणा गरेका छन् । विश्वकै धनी बेजोसले सोमबार बेजोस अर्थ फन्ड (बेजोस पृथ्वीकोष) सञ्चालन गरी उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । ‘जलवायु परिवर्तन हाम्रो ग्रहको लागि सबैभन्दा ठूलो खतरा हो’, उनले इन्स्टाग्राममा पोष्ट गर्दै भनेका छन्, ‘यसको डरलाग्दो प्रभाव रोक्न म सबैसँग हातेमालो गर्न चाहन्छु ।’ बेजोस विश्वकै धनाढ्य हुन् । उनीसँग १ सय ३० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति रहेको ब्लुमबर्ग अर्बपति सूचकांकले देखाएको छ । उक्त रकम वैज्ञानिक, अधिकारकर्मी, गैरसरकारी संस्थालाई उपलब्ध गराएर पृथ्वीको संरक्षणमा खर्च गरिने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया