सेटिङमा सवारी लाइसेन्स जारी गर्ने कर्मचारी र बिचौलियाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेटिङमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने यातायात विभागका १२ कर्मचारी र पाँच बिचौलियासहित १७ विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरका कर्मचारीहरूले सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मामार्फत सेटिङ मिलाएर बिचौलियाहरूको सवारीचालक अनुमतिपत्र जारी गर्नेगरेको भन्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङ्तान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, कम्प्युटर अपरेटर सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धव बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारीचालकको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र गैरकानुनीरूपमा कर्मचारी र बिचौलिया मिलेर नवीकरणको बाटोबाट पाँच सय ३३ जना नयाँ व्यक्तिको नाममा सरकारी कागजात सच्याई लाइसेन्स जारी गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया