काठमाडौं, फागुन ११
बीमा समितिले लघुबीमा सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै पशुबीमासम्बन्धी निर्देशिका २०७१ को केही बुुँदाहरुमा संशोधन गरी लघुबीमा निर्देशिका २०७६ जारी गरेको हो ।
समितिका अनुुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि जारी गरेको बीमालेखको हकमा बीमा शुल्कमा कुुनै पनि प्रकारको छुुट पाउनेछैनन् । यसअन्तर्गत बीमा शुल्क कटौती गर्न वा सहुलियत दिन पाइनेछैन । संशोधित व्यवस्थाअनुसार कुुनै पनि बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्षरुपमा बिक्री गरिने बीमालेखको हकमा भने जीवन बीमातर्फ तथा निर्जीवन बीमाको हकमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सक्ने व्यवस्था रहेको छ ।
यसैगरी जीवन लघुबीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको र निर्जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्र जारी गर्ने संशोधित व्यवस्थामा उल्लेख छ । यसैगरी समित्तिले जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै दम्पती बीमालेख रोक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
समितिले दम्पती बीमालेखको हकमा पति र पत्नी दुवैले पाउने लाभ रोक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । बीमाको आधारभूत मूल्य मान्यताभन्दा बाहिर गएर दम्पती बीमाको दुरुपयोग हुन थालेपछि दम्पती बीमालेखको सुरक्षण लाभ रोक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया