सडक निर्माण नभएपछि आन्दोलनमा उत्रेका नागरिक समाजका अगुवा पक्राउ
काठमाडौ फागुन ११
लामोसाँघु जिरी सडकखण्डअन्तर्गतको काठमाडौँदेखि दोलखा जोड्ने मुख्य सडक ठेकेदार कम्पनीको लापरबाहीको कारण पाँच वर्षदेखि अलपत्र भएपछि आन्दोलनमा उत्रेका दोलखाका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा आईतबार तालाबन्दी गर्न गएको नागरिक समाजका अगुवाहरुलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चिरन्जीबी मास्के, रमेश खतिवडा, गोर्कण प्रसाद भण्डारी,सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेत लगायतका नागरिक समाजका अगुवाहरुलाई पक्राउ गरेको हो । भारतिय एक्जिम बैंकको झण्डै एक अर्ब २४ करोड ऋण लगानी निर्माण हुनलागेको लामोसाँघु जिरी सडक खण्डको खाँडीचौरदेखि चरीकोटसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको थियो । उक्त सडकको निर्माण दुई वर्षभित्र सक्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि सडक निर्माणको कामले गति लिनसकेको छैन । लामोसाँघु मुडे सडकखण्डअन्तर्गत चेनेज शून्य किमिदेखि २५ किमि लामोसाँघु मूडे सडकखण्डको काम सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीलाई जिम्मा दिएको थियो भने चेनेज २५ किमिदेखि ५५ किमिसम्म मुडे–चरीकोट सडकखण्डको काम शकिल हेदर, शंकरमाली, सुनौला खिम्ति जेभीलाई दिइएको थियो । सडक निर्माणको काम सकाउन जिल्लाका स्थानीयवासी, नागरिक समाजका अगुवा, पत्रकार र व्यवसायीहरुले निरन्तर दबाबमूलक कार्यक्रम गरिरहे पनि सडकको कामले गति लिनसकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया