काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बैंकिङ कसुरको मुद्दामा दुई जना पक्राउ परेको जानकारी दिए।
पक्राउ पर्नेहरुमा गोरखा घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ४६ वर्षीय दिपक चन्द्र आचार्य र अनुप राजथला छन् । आचार्यविरुद्ध राजेश देशेमरुले जाहेरी दिएका थिए । आचार्यलाई अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले बुधबार नयाँ बानेश्वरको थापागाउँबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ । आचार्यविरुद्ध १९ लाख ५० हजार रुपैयाँ बिगो कायम छ ।
यसैगरी मकवानपुरको हेटौंडा नगरपालिका घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका ४५ वर्षीय राजथलालाई बानेश्वरको थापागाउँबाट बिहीबार पक्राउ गरिएको हो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ ३० गते भएको फैसलामा प्रतिवादी राजथलालाई १२ लाख रुपैंयाँ जरिवाना, चार दिन कैद र ४८ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने फैसला भएको थियो । सो पश्चात भने फरार रहेका राजथलालाई अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलिले बिहिबार बानेश्वरको थापगाउँबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता कोइरालाको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया