श्रीलंकामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने
कोलम्बो । श्रीलंकाले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ ।
सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक समिति गठन जिम्मेवारी तोकेको हो । विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसिकेराले शनिबार श्रीलंकामा पेट्रोलियम उद्योगमा धेरै कम्पनी संलग्न गर्ने सरकारको चाहना रहेको र यसैका लागि सरकारले नयाँ कम्पनीलाई प्रवेश गराउन चाहेको बताए ।
हाल श्रीलंकाको बजारका दुई हस्तीमध्ये सेलोन पेट्रोलियम कर्पोरेसन र लंका आईओसी मात्रै छन् । सन् २०२२ जुनमा श्रीलंकाको मन्त्रिमण्डलले तेल उत्पादन गर्ने राष्ट्रका कम्पनीहरूलाई श्रीलंकाको बजारमा इन्धन आयात र बिक्री गर्न अनुमति (ग्रीन सिग्नल) दिएको थियो । आफ्नो अर्थतन्त्रलाई निकै प्रभावित गर्ने इन्धन अभावपछि श्रीलंकाले यो कदम चालेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया