काठमाडौं । काठमाडौं–नेपाल अडिटर्स एसोसिएसन (अडान) १८औँ वर्षमा प्रवेश गरेको छ । साथै अडानले आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ ।
अडान दिवसका अवसरमा आयोजित समारोहमा महालेखापरीक्षक टंकमणि शर्माले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैँलाई स्वनियमन गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एनएफआरएसका लागि एसएमईसको सीमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताए । साथै कार्यक्रममा अडानका संस्थापक अध्यक्ष कमल खरेललाई सम्मान गरिएको थियो ।
त्यस्तै काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमालाको विमोचन गरिएको थियो । यस्तै अडान दिवसकै अडानको उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए । दिवसकै अवसरमा नेपाल लेखमान (एनएफआरएस एसएमईस, एमई र एनपीओएस), मौद्रिक नीति २०७९, कर तथा कर विवरणमा भएका परिवर्तनका सत्रहरू सञ्चालन गरिएको थियो । नेपाल लेखामान (एनएफआरएस एसएमई, एमई र एनपीओएस) सत्रमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया